

बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल शरद, सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।
प्रदेशमा एमाले र माओवादी केन्द्रले ४/४ र राप्रपाले ३ मन्त्रालय पाएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |