

धादिङ,११ माघ ।
गल्छी गाउँपालिका–५ स्थित कालिका आधारभुत विद्यालयका ११ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
काठमाण्डौ लिकमार्ग निवासी सिंह परिवारले उपलब्ध गराएको न्यानो कपडा बुधबार वितरण गरिएको हो। “आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता” शिर्षकमा नेपाल समाचारपत्र दैनिकमा माघ ५ गते समाचार प्रकाशन भएपछि सहयोग उपलब्ध गराईएको हो ।
आमा बाबू दुबैले छाडेका गल्छी गाउँपालिका वडा नम्बर ५ छहराकी ८ वर्षीया सुनिता रम्तेल लगायतका बालबालिकाहरुले आमा नभएका कारण खान र लाउनको समस्या परेको समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशनपछि काठमाडौं कुलेश्वर लिकमार्ग निवासी कर्ण बहादुर सिंह, श्रीमती पजुमा सिंह, सुश्री कमलादेबी सिंह, छोरा श्री कुशल सिंह, श्रीमती बिमलादेबी भडेल, श्रीमती कृपि सिंहले २८ हजार ५ सय बराबरको कपडा उपलब्ध गराउनुभएको हो ।
सिंह परिवारले थ्रिपवाला ट्रयाक सेट, स्वीटर,उलन टोपी, जुत्ता मोजा उपलब्ध गराईएको विद्यालयका प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनुभयो । गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, ५ नम्बर वडा सदस्य रामप्रसाद अधिकारी, गल्छी गाउँपालिकाकी पूर्व उपाध्यक्ष राधा तिमिल्सेनाले अति समस्यामा परेकालाई गरिएको सहयोगको लागि सिंह परिवारलाई धन्यवाद दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |