

गजुरी,१४ माघ ।
गजुरी गाउँपालिका–६ गौरी भञ्ज्याङस्थित ईन्द्रायणी आ.बिमा बिद्यालय विकासमा सरोकारवालाहरुको भूमिका बिषयक अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।
ईन्द्रायणी आ.बिको आयोजना, गाउँपालिकाको समन्वय तथा प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्ट र प्रयास नेपाल धादिङको सहयोगमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धीे मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धी बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको लागी कार्यशाला संचालन गरिएको हो ।
प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्याल, गाउँपालिकाका श्रोत व्यक्ति सुजन भण्डारी, प्रयास नेपालकी रेनुका रुपाखेति,दशरथ दुवाडीले सहजिकरण गर्नुभएको कार्यशालामा बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ ?, सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने, बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक,बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचारसंहिता लगायतका बिषयमा छलफल गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर तामाङले बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गाउँपालिकाले जिम्मेवारीपूर्वक काम गरेको बताउनुभयो ।गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै तामाङले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभयो ।
प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले विद्यालय व्यवस्थापन, शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रर्वधन गर्न बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि सहयोग गरिएको बताउनुभयो ।
गजुरीको सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।
कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचारसंहिता निर्माण गरिएको र पुर्णरुपमा कार्यान्वयन गरिने इन्द्रायणी आधारभुत बिद्यालयका प्रधानाध्यापक सुरज श्रेष्ठले बताउनु भयो । इन्द्रायणी आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलराम रिजालको अध्यक्षतामा भएको कार्यशालामा ५० जना सरोकारवालाहरु उपस्थिति रहेको थियोे । शुक्रबारबाट शुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको रेनुका रुपाखेतीले जानकारी दिनुभयो।










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |