

साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ ।
आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियाे ।साेमबार भने २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लााखभन्दा बढीको सेयर कारोबार भएको छ ।
लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । साेमबार सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स इन्डेक्स र हाेटल तथा पर्यटनको ३ प्रतिशतले मूल्य घटेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |