

धादिङ,१७ माघ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले उच्च शिक्षा निःशुल्क गर्ने भएको छ । गाउँपालिकाले निशुल्क शिक्षा सम्बन्धी कार्यबिधी २०७९ बनाएर कक्षा ११, १२ र उच्च शिक्षा निःशुल्क बनाएको हो ।
गाउँपालिकाले शुल्क बेहोर्न थालेपछि बिद्यार्थीले निशुल्क पढ्न पाएका छन। आर्थिक अभावका कारण बिचमै पढाई छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निशुल्क शिक्षा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका भित्रका ११ वटा मावि र २ वटा क्याम्पस मा अध्ययन गर्ने ६ सय ७५ जनाले निशुल्क शिक्षा लिईरहेका त्रिपुरासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ती नवराज पाठकले जानकारी दिनुभयो ।
गाउँपालिकाले कक्षा ११ र १२ विद्यार्थीहरुको लागि माशिक ५ सय र क्याम्पसको लागि मासिक ७ सय रुपैँया खातामा जम्मा गर्ने गरेको पाठकको भनाई छ । धादिङमा उच्च शिक्षा निशुल्क बनाउने त्रिपुरासुन्दरी गाउँपालिका जिल्लामै पहिलो स्थानिय तह बनेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |