

धादिङ,१८ माघ ।
सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा सिद्धलेक गापा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी मा.विमा बुधबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको बागमती प्रदेशसभा सदस्य मधुकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सिद्धलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडाको अध्यक्ष्तामा भएको उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य श्रेष्ठको प्रमुख आतिथ्य तथा बागमती प्रदेशसभा सदस्य मायादेवी शर्मा,बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण थपलिया(विवेक), सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, जिल्ला खेलकुद विकास समित धादिङका अध्यक्ष प्रताप सिं तामाङको बिशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा,सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राममणी मिश्र, सूचना अधिकारी हरि पाटामगर,शैक्षिक सहजकर्ता बलराम अधिकारी,बिभिन्न बिद्यालयका प्रअ लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा १ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि भएको गाउँपालिकाले जनाएको छ। प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, दौड तथा हाईजम्प,लङजम्प लगाएतको खेलमा प्रतिस्पर्धा गराईएको छ ।प्रतियोगिताको समापन २० गते हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |