

धादिङ,२४ माघ ।
नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको सभापतिमा अमृत गुरुङ(तिलक) निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न निर्वाचनले ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचन नेकपा एमाले र नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबिच भएको थियो ।
सभापतिमा माओवादी केन्द्रका अमृतकुमार गुरुङले ५५ मत ल्याए विजयी हुनुभयो भने उहाँका प्रत्याशी एमालेका चेतनाथ सिलवाल ४४ मत पाउनुभयो ।
यस्तै महिला उपसभापतिमा एकीकृत समाजवादीकी कृष्णमायाँ अर्याल, सचिवमा नेपाली कांग्रेसका रामप्रसाद रेग्मी, कोषाध्यक्षमा एकीकृत समाजवादीका कृष्णमान श्रेष्ठ, उप सचिवमा माओवादी केन्द्रका धन नारायण श्रेष्ठ ,उप कोषाध्यक्ष्मा एकीकृत समाजवादीका प्रमोद अर्याल विजयी हुनुभएको छ ।
यस्तै महिला सदस्यमा माओवादी केन्द्रकी देउती तामाङ, खुल्ला सदस्यमा एकीकृत समाजवादीका रमेश नेपाल, माओवादी केन्द्रका शालिकराम अर्याल, कांग्रेसका भिमकान्त सिलवाल र कांग्रेसकै रञ्जितकुमार सिलवाल विजयी हुनुभएको छ ।
माओवादीले सभापति, उप सचिव, महिला सदस्य र १ खुल्ला सदस्य, एकीकृत समाजवादीले उप सभापति, कोषाध्यक्ष, उप कोषाध्यक्ष र १ खुल्ला सदस्य, कांग्रेसले सचिव र २ खुल्ला सदस्य लिने सहमति भएसँगै गठबन्धन गरिएको थियो ।
यस्तो छ,मत परिणाम :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |