

धादिङ,२५ माघ ।
नेत्रावती डवजोङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगलादेवी माध्यमिक विद्यालयले जितेको छ । नेत्रावती डवजोङ गाउँपालिकाको आयोजनामा वडा नं–३ स्थित सेमजोङमा रहेको चौतारा मा.विमा मंगलबार भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५ स्वर्ण सहित नेत्रावती डवजोङ–१ को मंगलादेवी माविले उपाधि जितेको हो ।

मंगलादेवीले ५ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ । प्रतियोगितामा २ स्वर्ण सहित कुण्डलादेवी मावि दोस्रो भएको छ । कुण्डलादेवीले २ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ । त्यस्तै १ स्वर्ण सहित निरञ्जना मावि तेस्रो भएको छ । निरञ्जनाले १ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको छ। आयोजक बिद्यालय चौतारा माविले १ रजत र महेन्द्र बाराही माविले ५ कास्य पदक हात पारेको छ ।

प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको छ । ५ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्रा तर्फ जम्मा ४ खेल सटपुट, ज्याभ्लिन थ्रो, हाईजम्प र लङजम्पमा प्रतिस्पर्धा गराईएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष गुरुङले खेलकुदमा गाउँपालिकाले लगानी गर्ने बताउनुभएको छ । खेलकुदले व्यक्तिको जीवन, व्यक्तिको जीवनमा महत्वपूर्ण स्थान राख्ने बताउदै उपाध्यक्ष गुरुङले व्यक्तिलाई अनुशासित बनाउन,अन्र्तनिहित प्रतिभालाई प्रस्फुटित गर्न खेलकुद देश, समाजको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेरामको अध्यक्ष्तामा भएको समापन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङको प्रमुख आतिथ्य तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न बिद्यालयका प्रअ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष,समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |