

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.४३ अंकले वृद्धि भएर नेप्से २१८२.६१ बिन्दुमा आएर रोकिएको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले वृद्धि भइ ४१५.४२ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा अपी हाइड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबील बैंक र तेस्रोमा नगदी गु्रप पावरको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ। आजको कारोबारबाराही हाइड्रोको सेयर भाउ १० प्रतिशतले बढेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |