धादिङ,२७ मंसिर ।
धादिङ र गोरखाबाट संघ,प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
मंगलबार धादिङ २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रामनाथ अधिकारी, गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईं लगायतले दाहालसँग उनको निजी निवास खुमलटारमा भेट गरेका हुन् । जनप्रतिनिधिहरुले बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन पहल गरिदिन आग्रह गरेका छन्।
आयोजनालाई प्राथमिकतामा राखेर काम गर्न एक द्रुत कार्यान्वयन मार्गचित्र बनाउन आयोजनकै सेरोफेरोमा एकता गोष्ठी गर्ने र त्यस अनुसारको निर्माण कार्य तत्कालै शुरुवात गर्न,आयोजनाबाट प्रत्यक्ष रुपमा बिस्थापित नागरिकको पूनर्वास कार्यक्रम शुरूवात गर्न र मुआब्जा वितरणमा देखिएको त्रुटिलाई तत्काल सच्याउन दाहालसँग परामर्श गरिएको धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामनाथ अधिकारीले जानकारी दिए ।
सोही क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरबको जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरुवात गर्न पहल गरिने बताए। धादिङ र गोरखासँगै सिँगो मुलुकको भविष्यसँग जोडिएको बुढीगण्डकी परियोजनाको कार्यलाई नयाँ बन्ने सरकारले प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रचण्डको भनाइ थियो।
प्रचण्ड पनि गोरखा २ बाट निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट गोरखा १ मा कांग्रेसका बजगाईं र २ मा माओवादीका अध्यक्ष प्रचण्ड चुनाव जितेका थिए। उनीहरूले चुनावका बेला पनि बूढीगण्डकी आयोजना निर्माणलाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।
बजगाईंले बूढीगण्डकी आयोजना निर्माण कार्य सरकारले अघि बढाउनुपर्ने बताए।आयोजना निर्माण जटिलताबारे गोरखा र धादिङका जनप्रतिनिधिबीच छलफल गरेर ’द्रुत कार्यान्वयन मार्गचित्र बनाउने’ पनि बताए।
१२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्फका घरजग्जाको मुआब्जा वितरण लगायतका काम भइरहे पनि आयोजना निर्माणको काम भने सुरू हुन सकेको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |