

धादिङ,१३ जेठ ।
धादिङको गजुरी गाउँपालिका ३ पुराक्सिङमा लामो समयदेखिको खुम्रेकिरा प्रकोपले सताएको छ ।
हरेक वर्ष मकै र कोदो सखाप नै पार्ने गरेको छ । थोरै जग्गा जमिन छ । आफ्नो उत्पादनले खान पुग्दैन । पाखो बारी यसैपनि किसानको दुःख, त्यहिमाथी खुम्रेकिराका कारण बालीले उत्पादन नदिएर कोदो मकै मर्ने गरेको पीडित गंगामायाँ तामाङले बताउनुभयो ।
३६ वर्षीया गंगामायाँको ५ जनाको परिवार खुम्रेकिराको प्रकोपकै कारण भोकै पर्ने अवस्था आएको बताउनुभयो । गंगामायाँ मात्र नभएर यो गाउँको ३१ घर परिवारको पिरलोको रुपमा रहेको खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने गरेको गाउँमा गठित खुरमुरे समही अध्यक्ष हुण्डरी तामाङले जानकारी दिनुभयो ।
माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने किरा खुम्रेकिरा भएकोले माटोको उपचार नै मुख्य उपचारको रुपमा मानिन्छ। खुम्रेकिराको आयु ३ वर्षको हुनेभएकोले उपचारविधि भनेको माटो उपचार गर्नु र अर्को विजुलीबत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत राजेन्द्र बस्नेतले बताउनुभयो ।
हरेक वर्ष मकै र कोदोबाली लाग्ने ठाउँमा जराखाएर बोट मर्ने समस्या देखाउने र माटोमुनी धेरैसमय बस्ने प्रकृतिको खुम्रेकिरा नियन्त्रण गर्नका लागि विजुली बत्ती आवश्यक पर्ने बस्नेतले बताउनुभयो ।
तर दुखको कुरा १४ घर चेपाङ र १७ घर तामाङको बस्ती रहेको पुराक्सिङ गाउँमा अहिलेसम्म विजुली बत्ती समेत पुगेको छैन । विजली बत्ती नभएका कारण अन्धकारमा बस्न बाध्य गरिबीले गाँजेको गाउँबासी आफूले भोट दिएर जिताएकाहरुले गरिब जनताको लागि काम नगरेको पीडितहरुले गुनासो गरे ।
विजली बत्ती भएमा खुम्रेकिरा नियन्त्रण गर्न सकिने भन्दै स्थानियहरुले शुक्रबार विजुली बत्ती माग गर्न नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाएका छन् ।
खुम्रेकिरा नियन्त्रण गर्नका लागि खुम्रा लागेको बारीमा बिजुली बत्ती बालेपछि खुम्रेकिराको माउलाई बत्तीमा आकर्षित गरेर पासोमा पार्ने प्रविधि (लाइट ट्रयाप) मार्फत किरा नियन्त्रण गर्न सकिने कृषकहरुको भनाइ छ ।
विद्युतको मेन लाइनबाट छेवैमा रहेको गाउँमा विद्युत सेवा नपुगेको र माग पत्र समेत कार्यालयमा आएको सम्बन्धमा नेपाल विद्याुत प्राधिकरण धादिङका कार्यालय प्रमुख माधव न्यौपानेले निरिक्षण गरेर मागको सम्बोधन गरिने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |