

धादिङ,०८ असार ।
खाद्य अधिकार सञ्जाल गजुरीले गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई स्थानीय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि २०८० को मस्यौदा बुझाएको छ ।
कार्यविधि बुझेपछि अध्यक्ष श्रेष्ठले कार्यपालिकामा छलफल गरेर अघि बढ्ने बताए । खाद्य अधिकार सञ्जाल गजुरीले गत बैशाख ११ गते गजुरी गाँउपालिकामा स्थानीय खाद्य समन्वय समिति गठन विषयक अन्तरक्रिया गरी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ कार्यान्यनका लागि स्थानीय खाद्य समन्वय समिति गठन गर्न माग गदै श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझेपछि माग पत्रको सम्वोधन गर्दै गाँउपालिका अध्यक्ष श्रेष्ठले कार्यविधि बनाएर पेश गर्न सञ्जाललाई आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले स्थानीय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि बनाएर सहयोग गर्न गर्नुस हामी छिटै कार्यपालिकामा पेश गरी कार्यविधि स्वीकृत भएपछि कार्यान्यनमा ल्याउने बताए ।
फियान नेपालको प्राविधिक सहयोगमा र सञ्जालका सदस्यहरुको सक्रिय सहभागितामा मस्यौदा लेखन गरी खाद्य अधिकार सञ्जाल गजुरीको असार ७ गते बसेको बैठकबाट ४ परिच्छेद, १९ दफा र ५ अनुसुची समावेश भएको १७ पेजको स्थानिय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि तयार गरी एक समारोह वीच संयोजक चेलीमाया तामाङले गाँउपालिका अध्यक्ष श्रेष्ठलाई बुझाएको छ ।
यसैगरी खाद्य अधिकार सञ्जाल धुनीवेसीले असार ६ गते एक समारोह वीच धुनीवेसी नगरपालिका प्रमुख बालकृष्ण आर्चायलाई स्थानीय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि २०८० को मस्यौदा लेखन गरी बुझाएको छ।
गत बैशाख १३ गते धुनीवेसी नगरपालिकामा स्थानीय खाद्य समन्वय समिति गठन विषयक अन्तरक्रिया गरी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ कार्यान्यन गर्न खाद्य समन्वय समिति गठन गर्न माग गदै बुझाएको माग पत्रको सम्वोधन गर्दै नगर प्रमुख बालकृष्ण आर्चाय र प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले स्थानीय खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि बनाएर नगरपालिकालाई दिन आग्रह गरेका थिए ।
फियान नेपालको प्राविधिक सहयोगमा र सञ्जालका सदस्यहरुको सक्रिय सहभागितामा कार्यविधि लेखन गरी खाद्य अधिकार सञ्जाल धुनीवेसीको असार ६ गते बसेको बैठकबाट पारित गरी ४ परिच्छेद, १९ दफा र ५ अनुसुची समावेश भएको १७ पृष्ठको रहेको छ ।
स्थानयि खाद्य समन्वय समिति गठन तथा सञ्चालन कार्यविधि ग्रहण गरेपछि नगर प्रमुख बालकृष्ण आर्चायले कार्यविधिमा अझ थप्नु पर्ने केही भए समावेश गर्ने बताए । अव प्रमुख प्रशासकीय अधिकृतले अध्ययन गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले स्वीकृत गरी कार्यान्वयनमा ल्याउने पनि नगर प्रमुख आर्चायले बताए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |