

धादिङ,२५ असार।
धादिङमा वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु निशुल्क वितरण कार्य शुरू गरिएको छ।
डिभिजन वन कार्यालय धादिङको पूर्व सूचना अनुसार डिभिजन वन नर्सरीबाट आज एक समारोहका बीच विभिन्न जातका विरुवाहरु वितरण कार्य शुरू गरिएको हो।
डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय बिक्रम मानन्धरले गजुरी गाउँपालिका वडा नं. २ का पन्नालाल मुक्तानलाई अशोकका दुई वटा विरुवा हस्तान्तरण गरी विरुवा वितरण कार्यको शुभारम्भ गर्नुभयो।
वन अधिकृत मानन्धरले वन कार्यालयले नर्सरीमा जन्माएर हुर्काएर दिएको बिरूवालाई स्याहार, सम्भार र माया गर्न, मर्न नदिन र राम्ररी हुर्काएर ठूलो बनाउन अनुरोध गर्नुभयो ।
समारोहमा डिभिजन वन कार्यालय,धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले नर्सरीमा तयार भएको बिरूवाको प्रजाति र वितरण प्रक्रियाको वारेमा बताउनु भएको थियो ।
विरुवा लिन आउनेहरूमा महिलाहरूको उल्लेख्य रहेको डिभिजन वन कार्यालय धादिङका सूचना अधिकारी टंक नारायण श्रेष्ठले जानकारी दिनुभयो।
वितरण गरिने विरुवाहरुमा वनजन्य विरुवातर्फ चिउरी, कटहर, बडहर,तेजपात, टाँकी ,बकाईनो, कागती, अमला,निमारो,अम्बा, चाँप र कफी रहेका छन् भने सौन्दर्यमूलकतर्फ म्याग्नोस्टिक, रुद्राक्ष, श्रीखण्ड ,धुपी ,अशोका, कल्की,कपुर र नीम रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो।
निवेदनका आधारमा व्यक्तिगत १५ वटा सम्म, कार्यालयहरुको लागि ५० वटा, संस्थागत १०० वटा सम्म र सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटा सम्म विरुवा दिईने छ ।
विरुवा लिन के गर्ने ?






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |