

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको वताउनुभएको छ ।
२९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विभिन्न चुनौतीहरुका बिच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको बताउनुभएको हो ।
चिया कृषक, मजदुर , उधोगी व्यवसायी ,सहकारी र सरकारको सामुहिक प्रयासबाट सम्भव भएको भन्दै उहाँले मुलुकको व्यापारघाटा चुलिदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन ,भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको बताउनुभयो।
बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरुको सामना गर्नुपरीरहेको सुनिएको छ, आगामी दिनमा यी चुनौतीहरुको समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले वोर्डलाई निर्देशन दिनुभयो ।
मन्त्री अधिकारीले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको वोर्डलाई श्रोत साधन सम्पन्न बनाई, नितिगत समस्याहरुलाई फुकाउन मन्त्रालय तयार रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने,नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटन संग जोड्ने र युवा तथा महिला उधमीलाई चियामा आक्रषित गर्ने गरि कार्यक्रम ल्याईने मन्त्री अधिकारीले बताउनुभयो।
कार्यक्रममा वोर्डका अध्यक्ष तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा.गोविन्द प्रसाद शर्माले सबैको सामुहिक प्रयास मार्फत नेपालको चियाले महत्वपूर्ण स्थान बनाएकाले आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |