

धादिङबेसी । धादिङबेसीमा जलवायु कृषक पाठशाला सहजकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका अगुवा कृषकहरुको लागि ५ दिने तालिम शनिवारबाट शुरु भएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनु भयो ।
तालिममा कृषक पाठशालाको परिचय, अवधारणाा, उदेश्य, जलबायु मैत्री,कृषक पाठशाला , माटो गुणहरु, बिरुवाका आवश्यक खाद्यतत्वहरु, कमिका लक्षणहरु,नर्सरीको परिचय,गुणस्तरीय बिउ, बिउको छनौट, जमिनको रेखाङ्कन लगायतका विषयमा प्रशिक्षक चिरन अधिकारी सहजिकरण गर्नु हुने प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता रोजिना तामाङले जानकारी दिनु भयो ।
यसैगरी बिभिन्न बेमौसी तरकारी उत्पादन,लाग्ने किराहरु पहिचान तथा व्यवस्थापन , मित्रुजिवहरु , रासायनिक बिषाधी,यसको नकारात्मक असरहरु, जैविक बिषाधी, झोलमोल, किराको बर्गिकरण ,कृषक पाठशालामा गरिने परिक्षणहरु र संचालन विधी प्रक्रियाका बिषयमा पनि सहजिकरण गर्नु हुने सामुदायिक सहजकर्ता रोजिना तामाङले जानकारी दिनुभयो ।
तालीममा २५ जना कृषक र प्राविधिक कर्मचारी सहित ३० जनाको सहभागी रहेका छन् ।
तालिम बुधवारसम्म संचालन हुने प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।
तालिम शुरुवात सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, प्रयास नेपालका सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेको फिल्ड संयोजक सुरज खनालले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |