

धादिङबेसी । धादिङबेसीमा जलवायु कृषक पाठशाला सहजकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका बाख्रापालक अगुवा कृषकहरुको लागि शुक्रबारदेखी ५ दिने तालिम शुरु भएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनुभयो ।
प्रशिक्षक प्रशिक्षण तालिममा कृषक पाठशालाको परिचय, अवधारणाा, उद्देश्य, स्थानिय र उन्नत बाख्रा जात र तिनिहरुको बिेशेषताहरु, बाख्रापालनको लागि आवश्यक आवश्यक पर्ने डाले तथा भुइ घाँसहरु, नशल सुधार ,स्थानिय स्तरमा प्रयोय गरिने कच्चा पदार्थ, दाना तथा आहारहरु, राम्रो र बढी उत्पादन दिने बाख्राको जतको छनौट, बाख्रा स्वास्थ्य व्यवस्थापन , बिधिन्न रोगका रोकथाम उपायहरु, बाख्रामा लाग्ने बिभिन्न संक्रामक रोगहरु र तिनिहरुको नियन्रण र उपचार बिधी सम्बन्धी जानकारी मिनरल ब्लक बनाउने बिधी, बाख्रााई लगाउने खोप तथा औषधीहरु तथा खुवाउने तरिकाहरुको बारेमा डा.शिवहरि घिमिरे र यज्ञराज पाण्डेले सहजिकरण गर्नुहुने प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी दिनुभयो । तालीममा १८ जना कृषक र प्राविधिक कर्मचारी सहित २२ जना सहभागी छन् ।
जलबायु कृषक पाठशाला सहजकर्ता प्रशिक्षक प्रशिक्षण तालिम मंगलबारसम्म संचालन हुने प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।
तालिम शुरुवात सत्रमा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविर रत्न स्थापित ,कार्यक्रम व्यवस्थापक सुरज आचार्य, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले परियोजना लक्ष्य उद्देश्य तथा संचालित क्रियाकलाप र अगुवा कृषकहरुको भुमिका र जिम्मेवारीका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको पनि प्रयास नेपालका प्रशासन सहायक राममाया तामाङले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |