

धादिङ । सदरमुकाम धादिङबेशीस्थित नीलकण्ठ नगरपालिका-३ मा रहेको एड्भान्स् एकेडेमीले विद्यार्थीहरुलाई हिलो खेतमा धान रोप्न सिकाएको छ ।
किताबमा धान कसरी रोप्ने र कसरी फलाउने भन्ने पढेका विद्यार्थीहरुलाई धान दिवसको अवसरमा विधार्थीहरुलाई धान रोप्न सिकाईएको हो।
सामाजिक विषय अन्तर्गत विद्यालयको तर्फबाट अतिरिक्त विभागीय प्रमुख सुनिता तामाङ र नेपाली विषय विभागीय प्रमुख मथुरा राना मगरको नेतृत्वमा धान दिवसको अवसर पारेर कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई नीलकण्ठ नगरपालिका-९ भ्वाने आँसी खोला खेतमा धान रोपाइँ सिकाईएको विद्यालयका प्रधानाध्यापक भिम बहादुर श्रेष्ठले बताउनुभयो ।
नयाँ पुस्तालाई कृषि र परम्परासँग परिचित गराइ धान खेतीमा वैज्ञानिकिकरण र आधुनिक कृषिमा नवप्रवर्तन सोचको विकास गर्ने उद्देश्यले विद्यार्थीहरुलाई पुस्तक बाहेक वास्तविक जीवन शिक्षासँग जोड्दै कार्यक्रमहरु आयोजना गर्ने गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।
उत्साहपुर्वक सहभागितामा धान रोपेका विद्यार्थीहरु खेतमा रोपाइँको अनुभव लिन पाउँदा निकै खुसी देखिन्थे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |