

धादिङ । गजुरी गाउँपालिकामा ९० जना महिला कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ ।
गृहिणी महिलाहरूलाई लक्षित गरी गाउँपालिकाले वडा नं.३, ६ र ७ का ९० जना महिला कृषकलाई आधुनिक घार वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार १६ दिने मौरीपालन सम्बन्धीको तालिम प्राप्त महिला किसानलाई बागमती प्रदेश सरकारको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत अनुदानमा आधुनीक मौरीको घार वितरण गरिएको हो ।

व्यावसायिक मौरीपालक महिला किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिशुरालले आगामी दिनमा पनि महिला सशक्तिकरण तथा व्यावसायिक कृषि विकासका यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, हेटौंडा मकवानपुरको आयोजना तथा गजुरी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, वडा नं १ का वडा अध्यक्ष तारानाथ भण्डारी, वडा नं ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठ, वडा नं ६ का वड़ा अध्यक्ष भक्तबहादुर तामाङ र वडा नं ७ का वड़ा अध्यक्ष बद्रीप्रसाद जम्कटेलको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |