

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका ६ बसेरीमा किसान लक्षित समुदायमा आधारित ‘एक वडा,एक कृषि उत्पादन’ कार्यक्रमको अनुगमन गरिएको छ।
कृषि विकास कार्यालय धादिङ, गंगाजमुना गाउँपालिका र समुदायको साझेदारीमा लागु भएको उक्त कार्यक्रमको बुधबार संयुक्त अनुगमन गरिएको हो ।

गंगाजमुनाको धानबाली पकेट क्षेत्रमा कृषि विकास कार्यालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र समुदाय श्रमदानको २० प्रतिशत साझेदारीमा सञ्चालित कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष २०८१/०८२ मा ७५२ जना किसानलाई बिउ वितरण, ३२ जनालाई मिनि टेलर, १६ समुहलाई स्प्रे मेशिन, धान काट्ने मेशिन ९ वटा, डिजिटल तौल मेशिन, रोग किरा नियन्त्रणको लागी बिषाधी वितरण गर्नुका साथै आधुनिक प्रविधिको धान मिल र धान गोदाम घर निर्माण गरिएको छ ।

यस्तै ४ लाख लागतमा कुलो निर्माण गरिएको छ ।
कृषि विकास कार्यालयको ४० लाख, गाउँपालिकाको १३ लाख ३४ हजार र समुदायको १३ लाख ६६ हजार गरी कुल ६७ लाख लागत यी काम सम्पन्न भएको कृषि विकास कार्यालयका प्रमुख गोबिन्द पोखरेलले जानकारी दिनुभयो ।
अनुगमनमा गंगाजमुना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल, कृषि विकास कार्यालयका प्रमुख गोबिन्द पोखरेल, कृषि विकास कार्यालयका सूचना अधिकारी एवम बालि संरक्षण अधिकृत जयराम अधिकारी, कन्सलटेन्ट ईन्जिनियर अश्विन हुँमागाई, बसेरी साना किसान सहकारी संस्था लि.का अध्यक्ष दलसिंह नेपाली लगाएत स्थानियहरु सहभागी थिए ।

कार्यक्रममा वडाध्यक्ष रमेश ढकालले नागरिकको समृद्धिका लागि किसान लक्षित यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर जारी राख्ने बताउनुभयो ।
यस्तै कृषि विकास कार्यालयका प्रमुख गोबिन्द पोखरेलले यो पञ्चवर्षीय योजना अन्तर्गतको कार्यक्रम रहेको भन्दै यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।
किसानको उत्पादनशक्ति वृद्धि गर्न यो कार्यक्रमले ठूलो योगदान पु¥याउने र आधुनिक कृषि प्रविधिको प्रयोगबाट किसानलाई आत्मनिर्भर बनाउने उहाँको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |