

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारस्थित पान्धारे दुग्धेश्वर महादेव धार्मिक वनमा ग्रह बाटिका, राशि र औषधीजन्य विरुवा रोपिएको छ ।
आईतबार तुलसी एकादशीको अवसर पारेर त्रिपुरासुन्दरी गाउँपालिका र डिभिजन वन कार्यालय धादिङले धार्मिक वन समूहको व्यवस्थापनमा वृक्षारोपण गरिएको हो।
कार्यक्रममा नृसिंहधामका पिठाधिस श्रीवास कृष्ण दास ब्रह्मचारीले तुलसी विरुवा रोपेर वृक्षारोपण कार्य शुभारम्भ गर्नुभएको थियो।
गत वर्ष २० वटा विरुवाको वाटिका स्थापना गरिएकोमा यस वर्ष विभिन्न धार्मिक र औषधीय महत्व वोकेका १२ प्रकारका प्रजातिहरू रोपिएको डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

यो क्षेत्रलाई अध्ययन अनुसन्धान र धार्मिक रूपमा विकास गर्ने योजना अनुरुप वृक्षारोपण गरिएको आचार्यले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष राजु उप्रेती, बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधी स्थानीयले वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए ।
यही साउन महिनाबाट एक जना वन हेरालु परिचालन गरि बिरुवाको संरक्षण गरिने गाउँपालिकाले जनाएको छ ।
डिभिजन बन कार्यालयले झण्डै डेड हेक्टर क्षेत्रफललाई फलामे बारले सुरक्षित गर्दै ध्यान केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।
आईतबार कार्यक्रमकै अवसरमा सल्यानटारको फेदीमा रहेको नृसिंह धाममा डिभिजन बन कार्यालयले बिभिन्न प्रजातीको विरुवाहरु हस्तान्तरण गरिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |