

काठमाण्डौ । देशभर असारको तेस्रो हप्तासम्मको अवधीमा ४५ प्रतिशत रोपाइँ सकिएको छ ।सोमवारसम्म देशभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ।
यो गएको वर्ष यही अवधिको तुलनमा एक दशमलव ५३ प्रतिशतले धेरै हो । यस वर्ष मनसुन अलि छिटो भित्रिएपछि गएको वर्षको तुलनामा असार तेस्रो हप्तासम्म धान रोपाइँ केही धेरै भएको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।
देशभर १३ लाख ८३ हजार सात सय ३२ हेक्टर क्षेत्रफलमध्ये सोमवारसम्म ६ लाख २३ हजार हेक्टरमा रोपाइँ भइसकेको छ । तथ्याङ्क अनुसार पोहोर अहिलेसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |