

धादिङ,१६ फागुन ।
धादिङमा नगद लुटपााट गर्न कुटपिट गरी एक वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन ।
धुनीबेसी नगरपालिका वडा नं ७ मा रहेको निर्वेश्वर महादेव मन्दिरमा बस्ने धुनीबेसी–६ देविस्थानका ८४ वर्षीय बलराम उप्रेतीलाई फागुन १० गते राति नगद लुटपााट गर्न धुनीबेसी–६ कै ३७ वर्षीय पुरुषोत्तम बानियाँले कुटपिट गरेका थिए ।
बानियाले कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
कुटपिट गरी फरार रहेका बानियाँलाई प्रहरीले धुनीबेसी नगरपालिका–६ चालिसेबाट आईतबार बिहान पक्राउ गरेको जैसवारले बताउनुभयो ।
बानियाँलाई धादिङ जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न आदेश दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |