धादिङ,१७ फागुन ।
धादिङको धुनिवेशी नगरपालिका वडा नं ६ नौविसेबाट संरक्षित वन्यजन्तु सालकको खपटा र जिउँदो हुइचिलसहित २ जना पक्राउ परेका छन् ।
विशेष सुचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यलय खानिखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार त्रिभुवन राजमार्ग स्थित नौविसेबाट धादिङको थाक्रे गाउँपालिका–५ नयाँगाउँका ४७ वर्षीय विनोद लामा र मकवानपुर थाहा नगरपालिका–१२ लितिका १९ वर्षीय रमेश स्याङ्तानलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चामलको बोरा भित्र लुकाई छिपाई ल्याएको ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको आखेटोपहार र चाउचाउको कार्टुनभित्र लुकाई छिपाई ल्याएको १ जिवित हुचिल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय नौविसेमा बुझाइएको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |