

धादिङ,१४ चैत ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध १ केजी गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङको खनियाबास गाउँपालिका–४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्रावती डवजोङ गाउँपालिका–१ बस्ने १९ वर्षीय नवराज गुरुङ रहेका छन्।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सोमबार दिउँसो धादिङदेखि काठमाडौंतर्फ जाँदै गरेको लु.२ ख २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |