

धादिङ,१५ चैत ।
धादिङमा रातो पारो(रेड मर्करी)को प्रलोभन पारी ठगी गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उक्त आपराधिक लाभ कसूरमा संलग्न रहेका धादिङको निलकण्ठ–९ सालबोटे बस्ने बर्ष २३ को राजेश लम्साल, ज्यामरुङ बस्ने बर्ष ४० को प्रेम बहादुर गुरुङ र रेड मर्करी बिक्रि गर्ने धादिङको गंगाजमुना–२ बस्ने बर्ष २६ को सुकु लामा तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुलाई “रेड मर्करी अति नै बहूमूल्य धातु हो,जुन धातुले सुनलाई तान्न सक्ने र लसुनले छोयो भने बत्ति बल्न सक्छ । यो धातुको अन्तराष्ट्रिय मुल्य करौडो रुपैया पर्छ । हामी संग रातो पारो बेच्ने मानिस सम्पर्कमा छ,पन्ध्र लाख) भनेको छ,त्यो हामी सबै मिलि पैसा उठाएर किनि अन्तराष्ट्रिय बजारमा बेच्न सक्यौ भने हामी रातारात मालामाला हुन्छौं ।” भनेर स्थानीय नागरिकलाई भिडियो देखाएर झुक्काई पैसा उठाएको र रेड मर्करीको खरिद बिक्री भैरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका लम्सालको साथबाट ६ लाख ४४ हजार ९ सय ५०, गुरुङको साथबाट ६ लाख ५ हजार गरी १२ लाख ४९ हजार ९५० रुपैँया समेत बरामद गरेको छ ।
पक्राउ परेका ३ जनालाई आपराधिक लाभ (एक्सटर्सन) विरुद्धको कसूरमा बुधबार धादिङ जिल्ला अदालतबाट ३ दिन म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय धादिङले यस्ता अपराधिक समुहहरुले सामाजिक संजालको प्रयोग गरी गाउँ घरका अन्य सोझा–साझा व्यक्तिहरुलाई फन्दामा पारी ठगी गरेको हुन सक्ने भएकोले रेड मर्करीको ठगीमा कोही पर्नु भएको भए प्रहरीलाई खबर गर्न र यस्ता भ्रममा नपर्न आम सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |