

धादिङ,१६ पुष।
धादिङबेशीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले मंगलबार धादिङको गंगाजमुना गाँउपालिका वडा नं.६ घर बताउने बिकाश नेपालीलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।
मंगलबार साँझ करिब ५ बजे नीलकण्ठ नगरपालिका–३ धादिङबेशी बजारमा अवैध रुपमा नेपाली हजार दरको नक्कली नोटहरुको चलन तथा विक्री वितरण गर्न हिंडडुल गर्दै गरेको भन्ने सुचना पश्चात प्रहरीले बिकाशको शरिर खानतलासी गर्दा झट्ट हेर्दा सक्कली जस्तै देखिने हजारको दुई वटा नोट फेला पारी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
उनलाई खोटा चलन मुद्दामा धादिङ जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |