धादिङ,२१ चैत ।
धादिङमा भन्सार छलीको सामान सहित प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरी सामानहरु ढुवानी भईरहेको भन्ने सूचनाको आधारमा सोमबार प्रहरी चौकी जोगिमाराले बिरगंजबाट काठमाण्डौ जाँदै गरेको ना.३ ख १६२८ ट्रकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट चोरी निकासी गरी ल्याईएका मोटर पार्टस, मोविल, पापड लगायतका खुद्रा सामानहरु लोकल प्रोडक्टस हो भनी भन्सार छली गरी ढुवानी गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा विल भरपाई र सामानहरु शंकास्पद देखिएकोले २५ लाख ३२ हजार ८११ रुपैँया बराबरको खुद्रा सामान सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक, बिल भरपाई र ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ५० का दुर्गा कुमार बिसुन्केलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाईएको धादिङ प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |