

धादिङ,२३ चैत ।
बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट बिल बिजक बिनाको कपडा, कस्मेटिक लगायतका सामानसहित प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ।
भ्याट विल र प्रज्ञापन पत्र विना नै सामानहरु ढुवानी भईरहेको भन्ने सूचनाको आधारमा मंगलबार प्रहरी चौकी जोगिमाराबाट खटिएको टोलिले नेपालगंजबाट काठमाण्डौं जाँदै गरेको ना ६ ख ४९१५ नं. को डिब्बा कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा २४ लाख ८८ हजार ८५८ बराबरको कपडा, कस्मेटिक, स्टेशनरी, ईलेक्ट्रिक लगायतका माल सामानहरु रहेको तर भ्याट बिल र प्रज्ञापन पत्र समेतका आवश्यक कागजातहरु नरहेकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्रकका चालक धादिङको गल्छी गा.पा. वडा नं. ८ निवुवाबोट बस्ने बर्ष २५ को उमेश थापालार्ई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन,ललितपुर पठाईएको धादिङ प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |