

धादिङ,०६ बैशाख।
बालिका बलात्कारको आरोपमा धादिङका एकजना पक्राउ परेका छन् ।
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङको गंगाजमुना गाउँपालिका–३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर रमेश थापाले जानकारी दिनुभयो ।
आरोपित गुरुङले बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते अपहरण र बालिका बलात्कार गरेको उजुरीे दर्ता गराए पश्चात वैशाख ५ गते पक्राउ गरिएको इन्स्पेक्टर थापाले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते धादिङ अस्पतालमा भएको र आरोपित गुरुङलाई धादिङ अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको अनुमति दिएको इन्स्पेक्टर थापाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |