

धादिङ,२८ बैशाख।
धादिङको नीलकण्ठ नगरपालिका ३ बाट हात हतियार खरखजना मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.१ केराबारी बस्ने केराबारी कान्छा भन्ने बिनोद बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरुङलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतले २०७८ मंसिर १४ गतेको आदेशले ४ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो ।
फरार रहेका गुरुङलाई खोजतलास गर्ने क्रममा बैशाख २६ गते मंगलबार पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |