

धादिङ,२९ बैशाख।
धादिङको गल्छी गाउँपालिका ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्न तिन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी थापाको हत्या गर्ने तिन अभियुक्तलाई सार्वजनिक गरेको हो ।
घटनामा संलग्न धादिङको गल्छी गाउँपालिका ८ की ४७ वर्षिया सरस्वती पनेरु(पण्डित), उनको छोरा २६ वर्षिय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका १४ घर भई हाल गल्छी ८ बस्ने ३० वर्षिय किरन राना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।
बुधबार राती करिब ११ः४५ बजे गल्छी कटलपौवाकै २७ वर्षीय मगरमाथि छुरी प्रहार गरी हत्या भएको थियो ।
निवुवाबोटेमा सरस्वती पण्डितले सञ्चालन गरेको सानदार होटल एण्ड लजमा विनोदले खाजा खाएको पैसाको विषयमा विवाद भएपछि होटल सञ्चालिका पण्डितले छोरा निरजलाई बोलाएको, निरजले आफ्नो साथी किरण राना मगरलाई लिएर गई विनोदलाई पहिले ५/७ मुक्का प्रहार गरेको र पछी निरजले आफ्नो साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।
घाईते विनोदको काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा सोही राती १ः४५ मा मत्यु भएको मिश्रले बताउनुभयो ।प्रहरीले घटनामा प्रयोग भएको छुरा घटनास्थलको ३० मिटर पर त्रिशुली नदि किनारबाट आज बिहान फेला पारी बरामद गरेको छ । छुरी प्रहार गर्ने निरजलाई बिहिबार बिहान २ बजे र किरनलाई आज बिहान पक्राउ गरिएको मिश्रले बताउनुभयो ।
पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान मुद्दामा धादिङ अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भईरहेको र सरस्वती पनेरु(पण्डित)ले केटीहरुलाई डर,त्रास र प्रलोभनमा पारी वेश्यावृद्धिमा लगाई मानव वेचविखन गरेको उजुरीको आधारमा मानव वेचविखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |