

धादिङ,१४ ज्येष्ठ ।
गल्छी गाउँपालिका ८ कटलपौवाका विनोद थापामगरको हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम धादिङबेशीमा प्रदर्शन गरिएको छ ।
आईतबार नेपाल मगर संघ बागमती प्रदेश समिति र नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले विनोद हत्याबारे ध्यानाकर्षण तथा दवाव कार्यक्रमको आयोजना गर्दै घटनाको सत्य तथ्य छानबिन गरी हत्यारालाई आजिवन कारावासको सजायको माग सहित प्रदर्शन गरेका हु्न् ।
प्रदर्शनकारीले धादिङबेशी पुछारबजारबाट हत्याराहरुलाई आजिवन कारावासको सजाय दे, कानुनी राज्यको प्रत्याभुती गर, पिडितलाई न्याय दे, हत्याराको सम्पती छानविन गर, देह व्यापार गर्न पाईदैन लगाएतका नारा लगाउदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभा गरेका थिए ।
साथै प्रदर्शनकारीले सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाल मगर संघ गल्छी एकाई समितिका सचिव समेत रहेका २६ बर्षिय विनोद थापा मगरको गत बैशाख २७ गते राती अन्दाजी ९ः३० बजे साथीसँगै धादिङ गल्छी स्थित सान्दार होटल एण्ड लजमा खाना खाने क्रममा होटल संचालक सरस्वती पण्डितसँग सामान्य विवाद भएको र सरस्वतीको छोरा निरज पण्डितले पेट तथा शरीरको अन्य भागमा छुरा प्रहार गरी हत्या गरेकोले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषी माथि कडा भन्दा कडा कारबाही गर्नुका साथै बिनोदको श्रीमती र नावालक छोराको जिवन रक्षासहित उचित क्षतिपुर्ती साथै शिक्षा दिक्षाको व्यवस्था मिलाई दिन ज्ञापन पत्रमा भनिएको छ ।
उक्त घटनामा संलग्न तिन अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ ।गत बैशाख २९ गते पत्रकार सम्मेलन गरी घटनामा संलग्न धादिङको गल्छी गाउँपालिका ८ की ४७ वर्षिया सरस्वती पनेरु(पण्डित), उनको छोरा २६ वर्षिय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका १४ घर भई हाल गल्छी ८ बस्ने ३० वर्षिय किरन राना सार्वजानिक गरिएको थियो ।
गल्छी निवुवाबोटेमा सरस्वती पण्डितले सञ्चालन गरेको सानदार होटल एण्ड लजमा विनोदले खाजा खाएको पैसाको विषयमा विवाद भएपछि होटल सञ्चालिका पण्डितले छोरा निरजलाई बोलाएको, निरजले आफ्नो साथी किरण राना मगरलाई लिएर गई विनोदलाई पहिले ५/७ मुक्का प्रहार गरेको र पछी निरजले आफ्नो साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी गम्भिर घाईते बनाएको र घाईते विनोदको काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मत्यु भएको जिप्रका धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको र सरस्वती पनेरु(पण्डित)ले केटीहरुलाई डर,त्रास र प्रलोभनमा पारी वेश्यावृद्धिमा लगाई मानव वेचविखन गरेको उजुरीको आधारमा मानव वेचविखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |