

धादिङ,०६ असार।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको CRYSTAL QUARTZ (रुवी ढुङ्गा) सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको साविक रि गा.बि.स.वडा नं.२ स्थाई घर भई हाल निलकण्ठ नगरपालिका वडा नं.३ शान्तबजार बस्ने बर्ष ७२ को गंगा बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी)सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
गुरुङले आफ्नै घरमा जीवन पत्थर सेन्टर नामक पसल खोली अबैध रुपमा बिभिन्न प्रकारको रुवी ढुङ्गा उत्खनन, ओसारपसार तथा संकलन गरी बिक्री बितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको जैसवारले बताउनुभयो।
उनको घर पसल खान तलासी गर्दा बिभिन्न प्रकारका पत्थर र धातु जडित औंठीहरु ३१ थान, कटिङ गरी सकेको २ सय २५ किलो १५० ग्राम बिभिन्न रङ र आकारका रुवी ढुङ्गा जस्तो पदार्थ बरामद गरिएको छ ।
पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीको लागि तालुक खानी तथा भु–गर्भ विभाग लैनचौर काठमाण्डौ पठाइएको सूचना अधिकारी जैसवारले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |