

धादिङ,१३ श्रावण।
धादिङको थाक्रे गाउँपालिका–२ बाट १ किलो ९५० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३१ वर्षीया शर्मिला मगर रहेकी छिन् ।
शनिबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी निरीक्षक डबलबहादुर बमको टोलीले मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा सवार मगरको झोला चेक गर्दा त्यसमा टेपले बेरेको दुई वटा पोका गाँजा (पोल्यान्ड) फेला परेको प्रहरीले जनाएको छ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |