

धादिङ,१४ श्रावण।
धादिङमा आफ्नै भतिजि बलात्कार गरेको आरोपमा काका पक्राउ परेका छन्।
१७ वर्षीया भतिजिलाई पटक–पटक बलात्कार गरेको आरोपमा शनिबार ३६ वर्षीय काका पक्राउ परेका हुन् ।
बाबुले आमाको हत्या गरेपछि बाबु जेलमा रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि सँगै बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिएकी छिन्।
मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
आरोपितलाई शनिबार पक्राउ गरी आईतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेर धादिङ जिल्ला अदालतबाट ४ दिनको म्याद थप लिईअनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको प्रहरी उपरिक्षक (एसपी) मिश्रले बताए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |