काठमाडौंमा एक परिवारको सामुहिक हत्या भएको छ । तीनकुने, गैरीगाउँमा गए राती एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्या भएको हो ।
प्रहरीका अनुसार यसरी हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० बर्षीय नविन राइको पनि हत्या भएको छ ।
साे काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन । तर, शुक्रबार राती उनको पनि हत्या भएको छ ।
सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए ।
यसरी हत्या भएका चारै जनाको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा लगिएको छ । थप बिवरण आउन बाँकी छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |