श्रीमती हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेको र गम्भीर घाइते भएकी श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती जितनी सहनीको मृत्यु भएको हो। श्रीमती जितनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ।
घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ। परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दा कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |