

लागूऔषध कारोबारमा संलग्न पाँच जनालाई मकवानपुर प्रहरीले आठ लाख नगदसहित पक्राउ गरेको छ।
प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद ८ लाख रुपैयाँ र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाईं रहेका छन्।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागूऔषध फेला पारेको थियो।
मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको उनले जानकारी दिए। नियन्त्रणमा लिइएकाहरुमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |