धादिङ। धादिङबेशीमा नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला हरूको भूमिका बिषयक अन्तरक्रिया गरिएको छ।
धादिङ अदालत जिल्ला बाल न्याय समितिको आयोजना तथा युनिसेफ र केन्द्रीय बाल न्याय समितिको सहयोगमा आइतवार धादिङबेशीमा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालबालिकामा देखा परेको मुद्धा तथा न्याय सम्पादनमा देखिएको समस्या, सामाधानको उपाय, बालबालिकाको कानुन, बालन्यायको अवधारणा लगायतको विविध विषयमा छलफल गरिएको धादिङ अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायको बिचमा समन्वय लगायतको कमिले बाल न्यायको क्षेत्रमा सुधार हुन नसकेकोले यसको सुधारको लागि स्थानिय तह लगायत सबैले समन्वय गरेर काम गर्नु आवश्यक रहेको औँलाएका थिए। साथै बालबालिकाको समस्यालाई उठाउदै कानुनको सुधार, निती परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
धादिङ अदालतका जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाले धादिङमा रहेका बालबालिकाको अवस्थाको बारेमा जानकारी दिने उद्धेश्यले सरोकावालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बालबालिकाको क्षेत्रमा स्थानीय तहले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउनुभयो।
धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवालले अहिले बालबालिकाहरूको लागू औषधको प्रयोग तथा अन्य अपराधिक गतिविधिमा संलग्नता बढ्दै गएको बताउनुभयो ।पछिल्लो तिन वर्षको तथाङ्कलाई हेर्दा धादिङमा बालबालिकाको मुद्धामा सबै भन्दा बढि जवरजस्ति करणीका मुद्धा रहेको र १० देखि १८ वर्ष सम्मका बालबालिकाहरुको मुद्धा परेको उहाँको भनाई छ ।
कार्यक्रममा बाल न्याय प्रणाली,बाल न्याय, बाल इजलाश, समस्या र समाधान लगायतका कार्यपत्र समेत प्रस्तुत गरिएको थियो।जिल्ला न्यायाधीश वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधीश गीता श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी पराजुली,जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जैसवाल लगायतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |