धादिङ।धादिङमा मानव बेचविखन सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला युवा समिति धादिङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मंगलबार मानव बेचविखन सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
विद्यार्थीहरु, चालक, सहचालक, होटल व्यवसायी, सुरक्षाकर्मी लगायतका सहभागी रहेको कार्यक्रममा धादिङका प्रहरी उपरिक्षक(एसपी) गौतम मिश्रले मानव बेचविखन भनेको के हो रु नेपाल लागायत धादिङको अवस्था कस्तो छ रु बेचविखनमा पर्नुको कारण र कानुनी सजायको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रहरी उपरिक्षक मिश्रले धादिङमा मानव बेचविखनको अवस्था भयावह रहेको बताउनुभयो।प्रहरी कार्यालयमा मुद्धा दर्ता कम रहेको तर सम्पर्कमा भने धेरै आउने गरेको उहाँको भनाई छ ।
जिल्लाको उत्तरी भेग खनियावास र गंगाजमुनाका नागरिकहरु वैदेशीक रोजगारीको शिलशिलामा ठगिने र बेचविखनमा पर्ने गरेको मिश्रले बताउनुभयो ।उहाँले वैदेशीक रोजगारीको नाममा धेरै ठगिने क्रम बढेकोले बेचविखन हुनबाट जोगिनको लागि विभिन्न विद्यालयहरुमा सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै महिला अधिकारकर्मी गायत्री खतिवडाले पछिल्लो समय सामाजिक संजालमार्फत धेरै नागरिकहरु बेचविखनको शिकारमा परेको बताउनुभयो ।
उहाँले विभिन्न प्रलोभन देखाएर अहिलेका युवा पुस्ताहरु ठगीमा पर्ने गरेकाले सचेत बन्न आग्रह गर्नुभयो।
जिल्ला युवा समिति धादिङका प्रदेश युवा स्वयंसेवक सपना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |