धादिङ। धादिङमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय र २ लाख ५० हजार जरिबानासहितको फैसला सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको शुक्रबारको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
कसुरदारबाट गरिएको जरिवाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएको पनि भण्डारीले बताउनुभयो ।
बालिकालाई बालकले ०७९ पुस २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० जेठ १३ गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले पुस १८ गते गिरफ्तार गरेको र पीडित बालिकाको पुस १९ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सन्तुलालप्रसाद जैसवारले बागमती कलमलाई जानकारी दिनुभयो ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत बालक विरुद्ध जिल्ला अदालतमा असार ६ गते मुद्दा दर्ता गरी जिल्ला अदालतको सोही दिनको आदेशले बालकलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |