धादिङ । धादिङमा बालविवाह गरेको कसुरमा एक बालकलाई १ वर्ष कैद र १० हजार जरिवाना गरिएको छ।
जिल्ला अदालत धादिङका जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको पुस २२ गते आईतबारको इजलासले १३ वर्षीया बालिकालाई बालविवाह गरेको भन्दै १५ वर्षीय बालकलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको हो ।
बालक र बालिका भागेर बालविवाह गरेकोले कसुर कायम गर्दै सो फैसला गरिएको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो।
०८० असोज २५ गते जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
दुवै जना बालक भएको र राजिखुसि भागेर विवाह गरी बच्चासमेत जन्मेकाले घटना जबरजस्ती करणी नभई कानुनले प्रतिबन्ध लगाएको बाल विवाह गरेको कसुर कायम गरी बालकलाई एक वर्ष कैद गर्ने फैसला भएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।
१६ वर्ष मुनीको बालक भएकोले मुलुकी अपराध संहिता २०७४ को ७३(३) सजाय गरिएकोमा आधा सजाय गरिएको छ ।
दुबैजनाबाट बच्चा जन्मेको अवस्थामा बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाएकोले सामाजिक परम्परा भएपनि कसुरबाट उन्मुक्ति पाउन नसक्ने श्रेस्तेदार भण्डारीको भनाइ छ ।
०७९ माघ १५ गते घटना भएको भन्दै ०७९ असोज १५ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी परेको थियो ।
सोहिदिन पीडितको धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको र आरोपितलाई सोहिदिन गिरफ्तार गरी हिरासतमा राखिएकोमा अदालतको आदेश बमोजिम असोज २५ गतेदेखि बाल सुधार गृहमा राखिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |