

धादिङ । मानबबेचविखनको आरोपमा धादिङका वीरबहादुर तामाङ ३२ वर्षपछि पक्राउ परेका छन्।
बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले धादिङको नेत्रावती डवजोङ गाउँपालिका–२ का ५७ वर्षीय तामाङलाई ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो।
आरोपी तामाङले पीडितको श्रीमान बैदेशिक रोजगारीका क्रममा ब्रुनाईमा रहेका वेला महिलालाई २०४७ साल चैतमा झुक्यानमा पारी भारतमा लगेर बेचेका ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
पीडितलाई तिम्रा श्रीमानले ब्रुनाई ल्याइदिनु भनी चिठी पठाएको बताएर महिलालाई भारतमा लगी बेचेको पाइएको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो ।
उनले महिलालाई काठमाडौँबाट काँकडभिट्टा हुँदै पश्चिमबंगाल पु¥याई भारतीय नागरिकलाई बेचेका थिए। तामाङले १० हजार भारतीय रुपैयाँमा पीडितलाई बेचेका खुलेको छ।
भारतीय नागरिकले रिक्सामा राखी लैजाने क्रममा पीडित महिला रिक्साबाट हामफाली भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि भारतीय प्रहरीले काँकडभिट्टा ल्याएर छाडिदिएपछि काठमाडौँ आएर उनले ब्यूरोमा जाहेरी दिएकी थिइन्।
घटनामा संलग्न अन्य अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |