

धादिङ। धादिङमा ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक बृद्धलाई नौ वर्ष कैद सजाय र तीन लाख जरिवानासहितको फैसला सुनाईएको छ।
जिल्ला अदालत धादिङका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको शुक्रबारको इजलासले ज्वालामूखी गाउँपालिका–६ का ७५ वर्षीय रेशम गुरुङलाई उक्त फैसला सुनाएको हो ।
मानसिक रूपमा समस्या परेकी पीडित महिलालाई ०८० असार ३० गते बलात्कार गरेको भन्दै गुरुङ विरुद्ध पीडित पक्षले असार ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र पीडितको सोही धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
गुरुङलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत् साउन २२ गते जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको सोही दिनको आदेशले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाईएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |