

धादिङ । ३६ वर्षीया पूर्ण अपांगता हुनुभएकी महिलालाई बलात्कार गरेको आरोपमा धादिङमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका–४ का ३५ वर्षीय निक्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो ।
घरमा कोहि नभएको बेला घरबाट घिसारेर लगि ०८१ बैशाख ४ गते बलात्कार गरेको र गाउँलेले देखेपछि आरोपित तामाङ फरार भएका थिए ।
उनलाई ९ गते आईतबार पक्राउ गरिएको हो।आरोपित विरुद्ध पीडित पक्षले बैशाख ६ गते उजुरी दिएको ईन्स्पेक्टर लामाले बताउनुभयो ।
पीडितको धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई धादिङ अदालतको अनुमतिले जबरजस्ती करणी मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |