धादिङ,०३ माघ ।
सिद्धलेक गाउँपालिका–६ परेवाटारमा माघ ८ देखी संगीतमय श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव हुने भएको छ ।
विश्व भागवत घाम कोष नेपाल सिद्धलेक–६ कुम्पुर, परेवाटारको आयोजनामा लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर,चण्डिकादेवी एवं विशाल धर्मशाला निर्माण गर्ने उद्देश्यले माघ ८ देखी १६ गतेसम्म महायज्ञ हुन लागेको हो । सोमबार पत्रकार सम्मेलन मार्फत महायज्ञको विषयमा जानकारी गराईएको थियो ।
महायज्ञको पहिलो दिन माघ ८ गते विहान ९ बजे कलश यात्रा तथा दिउँसो १ बजे समुद्घाटन हुने आयोजकले जनाएको छ। त्यस्तै माघ १५ गते अपरान्ह ४ बजे श्रीमद्भागवतमा तील अर्पण, माघ १६ गते अभिषेक, पूर्णाहुती शान्ति कलश वितरण दाता’ सम्मान तथा यज्ञ समापन कार्यक्रम रहेको संयोजक विष्णु प्रसाद थपलियाले बताउनुभयो ।
महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजा तथा पाठ पारायण हवन, प्रत्येक दिन विहान १० बजे देखि ५ बजेसम्म संगितमय श्रीमद् भागवत कथा वाचन सहित दाता सम्मान, प्रत्येक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा भजन कृतन र झाँकी प्रदर्शनको कार्यक्रम रहेको छ ।
बालतपस्वी पण्डित उत्तम भट्टको मुखारवृद्ध हुने महायज्ञमा २१ हजार भन्दा माथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने आयोजकले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |