धादिङ,०७ फागुन।
तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा शनिबार सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको हो ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालका अध्यक्ष दिल नारायण श्रेष्ठको अध्यक्ष्यतामा भएको महोत्सवमा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा धादिङ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष पर्शुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल,बिभिन्न वडाका वडाध्यक्षहरु,भूमि आयोग धादिङका अध्यक्ष कृष्ण अर्याल,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधी,समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सिद्धलेकको विकासको लागि आफु सधै लागिपर्ने बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक कुलेन्द्र बि.क.,सुमन परियार, बालचन्द्र बराल, लोक गायीका सुमन थापा मगर, हास्य कलाकार बेगम नेपाली(भट्भटे), मनराज श्रेष्ठ, मोडल टिका भुजेल, स्थानीय कलाकारहरु सिर्जन खत्री, सोभित श्रेष्ठ, प्रवेश श्रेष्ठ प्रमोद खनाल लगाएत गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति रहेको थियो।
कार्यक्रम आयोजक समाजका सल्लाहकार अमृत गुरुङ(तिलक)ले सञ्चालन गर्नुभएको थियो । साथै महोत्सव परिसरमा नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा सिद्धलेक ढेवाडाँडा समाज नेपालको सह–आयोजनामा सिद्धबाबा मन्दिर परिसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रत्तदान गरेका छन् ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केहीबर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |