


























धादिङ,१९ फागुन।
सिद्धलेक गाउपालिका–२ मा रहेको नलाङ पात्ले माध्यमिक विद्यालयको वार्षिकोत्सवमा भोलि शनिबारदेखी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ।
विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबारदेखी २३ गतेसम्म हिरक जयन्ती, श्रीमद भागवत ज्ञान महायज्ञ तथा विविध कार्यक्रम हुन लागेको विद्यालयका सहायक प्रधानाध्यापक अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।
उदघाटनका लागि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल आउने तय भएकोे गुरुङले बताउनुभयो।
२० गते उदघाटन हुने महायज्ञमा फागुन २३ गतेसम्म कथा वाचन, झाँकी, धनधान्चल, तुलादान तथा बिबिध सांस्कृतिक लगाएतका कार्यक्रम हुने गुरुङले बताउनुभयो। महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नुहुनेछ ।
महायज्ञबाट संकलित रकमबाट दिवा छात्रावास तथा विपन्न,अनाथ र जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति कोष स्थापना गर्ने, १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क बिहानी कक्षा सञ्चालन गर्ने, सहुलियत दरमा खाना तथा खाजाको व्यवस्था गर्ने विद्यालयका प्रधानाध्यापक रमेशमान श्रेष्ठले जानकारी दिनुभयो।
महायज्ञमा दानवीर दाताहरुलाई कार्यक्रमको नियमअनुसार जिवनी लेखन, प्रमाणपत्रद्धारा सम्मान गर्ने श्रेष्ठले बताउनुभयो। महायज्ञ सञ्चालनका लागि व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको श्रेष्ठले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |