धादिङ,२० फागुन।
सिद्धलेक गाउपालिका–२ मा रहेको नलाङ पात्ले माध्यमिक विद्यालयको वार्षिकोत्सवमा हिरक जयन्ती तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ।
विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा आजदेखी हिरक जयन्ती, श्रीमद भागवत ज्ञान महायज्ञ तथा विविध सास्कृतिक कार्यक्रम सुरु भएको हो । कार्यक्रमको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटेलले बिद्यालयको लागि आवश्यक भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको अध्यक्ष्यतामा भएको उद्घाटन समारोहमा मुख्यमन्त्री जम्कटेलको प्रमुख आतिथ्य रहेको थियो ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा,उपाध्यक्ष सविता अर्यालको बिशेष आतिथ्य रहेको कार्यक्रममा सिद्धलेकका ७ वडै वडाका वडाध्यक्षहरु,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि,समाजसेवी लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक अमृत गुरुङ(तिलक)ले सञ्चालन गर्नुभएको थियो ।
फागुन २३ गतेसम्म हुने महायज्ञमा कथा वाचन, झाँकी, धनधान्चल, तुलादान तथा बिबिध सांस्कृतिक लगाएतका कार्यक्रम हुनेछ । महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नुहुनेछ ।
महायज्ञबाट संकलित रकमबाट दिवा छात्रावास तथा विपन्न,अनाथ र जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति कोष स्थापना गर्ने, १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क बिहानी कक्षा सञ्चालन गर्ने, सहुलियत दरमा खाना तथा खाजाको व्यवस्था गर्ने विद्यालयका प्रधानाध्यापक रमेशमान श्रेष्ठले जानकारी दिनुभयो।
महायज्ञमा दानवीर दाताहरुलाई कार्यक्रमको नियमअनुसार जिवनी लेखन, प्रमाणपत्रद्धारा सम्मान गर्ने श्रेष्ठले बताउनुभयो। महायज्ञ सञ्चालनका लागि व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको श्रेष्ठले बताउनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |