धादिङ, २४ फागुन।
सिद्धलेक गाउपालिका–२ मा रहेको नलाङ पात्ले माध्यमिक विद्यालयको वार्षिकोत्सवमा भएको हिरक जयन्ती तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ ।
विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा शनिबारदेखी सुरु भएको हिरक जयन्ती, श्रीमद भागवत ज्ञान महायज्ञ तथा विविध सास्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको अध्यक्ष्यतामा भएको समापन समारोहमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्याल,भूमि आयोग धादिङका अध्यक्ष कृष्ण अर्याल, २ नं वडाका वडाध्यक्ष सागर गुरुङको बिशेष आतिथ्य रहेको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि, समाजसेवी लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खतिवडाले बिद्यालयको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
साथै उहाँले महायज्ञमा व्यक्तिगत रुपमा ५५ हजार ५५५ रुपैँया दान गर्नुभएको छ ।चारदिनसम्म सञ्चालन भएको महायज्ञबाट ५३ लाख ४० हजार १८४ रकम संकलन भएको विद्यालयले जनाएको छ । महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नुभएको थियो ।
महायज्ञबाट संकलित रकमबाट दिवा छात्रावास तथा विपन्न,अनाथ र जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति कोष स्थापना गर्ने, १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क बिहानी कक्षा सञ्चालन गर्ने, सहुलियत दरमा खाना तथा खाजाको व्यवस्था गर्ने विद्यालयका प्रधानाध्यापक रमेशमान श्रेष्ठले जानकारी दिनुभयो।
महायज्ञमा दानवीर दाताहरुलाई कार्यक्रमको नियमअनुसार जिवनी लेखन, प्रमाणपत्रद्धारा सम्मान गरिएको श्रेष्ठले बताउनुभयो। महायज्ञमा ७ हजार भन्दा माथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्नुभएको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |